Rashtriya Dainik

बदर्घाट तथा बासाबसहीका घुमुवा ज्ञवाली र न्याैपानेको आतंक,प्रहरी प्रमुखको रजाई

ज्ञानेश्वर सहानी / नवलपरासी २६ असार

पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बदर्घाटमा विगत ३ वर्षदेखि कार्यरत प्रहरी सहायक हवल्दार केशव ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार प्रकाश न्याैपाने घुमुवा प्रहरी प्रमुखको रजाई बनेका छन् ।

सीमाबाट हुने अवैध कृयाकलापलाई रोक्नुको सट्टा केही रकमको प्रलोभनमा परी अवैध कृयाकलापलाई घुमुवाहरुले बढावा दिइरहेको खबर प्राप्त भएको हो ।

इलाका प्रहरी कार्यालय बदर्घाट कार्यरत प्रहरी सहायक हवल्दार ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार न्याैपाने लगायतको ठाउँहरुमा घुमुवाहरुले तस्करहरु संग चन्दा उठाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयहरुले यस राष्ट्रिय दैनिक अनलाइन संग कुरा गर्दै सीमाबाट हुने अवैध कृयाकलाप जस्तै खाद्यान्न समाग्री,हार्डवेयरका समान,भैसी, कपडा ,खसी , खोलानाला लगायतको तस्कर गिरोहहरूसंग सहकार्य गरी तस्करीलाई बढावा दिइएको आरोप लगाएका छन ।

इलाका प्रहरी कार्यालय बदर्घाट कार्यरत प्रहरी सहायक हवल्दार ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार न्याैपानेलाई सादा पोशाकमा परिचालन गरिएको छ । सादा पोशाकमा खटिने यी दुई जना प्रहरीले पैसा उठाउने काम गरेका छन ।

नेपाल प्रहरी संगठनको नीति निर्देशनलाई लत्याउदै आफ्नो हाकिमलाई खुस पार्नको निम्ति मासिक ५ देखी ८ लाख रुपैयासम्म तस्कर संगठनहरुबाट उठाउने गरेको स्थानीयले आरोप लगाएका छन । स्थानीयहरुका अनुसार यी दुई जना प्रहरीले आफ्नो वर्दी र पावरको दुरुपयोग गर्दै सीमा तस्करीहरुबाट व्यापक रुपमा तस्करी गराइरहेको आरोप लगाए ।

नेपाली जनताको जिउधन तथा शान्ति सुरक्षाको ठेक्का पाएका नेपाल प्रहरीले आफ्नो वर्दीको आडमा तस्करीबाट कमाई खाने भाडो बनाएका कारण स्थानीयहरुले नेपाल प्रहरी माथि गरेको बिश्वास गुम्दै गएको छ । तसर्थः यस बिषयमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ऋषीराम कडेलको ध्यान जान अति अवाश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित