Rashtriya Dainik

राष्ट्रीय मदरसा संघ नेपालद्वारा ईद उल अजहा (बकर ईद) को शुभकामना व्यक्त

कृष्णनगर, अषाढ २६
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र महासचिव मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ।
। हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको साउदी सरकार ले गरेको वयवस्था प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित