राष्ट्रिय दैनिक / नवलपरासी , २५ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा कृषि सहकारीका शेयर सदस्यहरुलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
वडा नम्बर ५ काे वडा सदस्य अनिता देबि हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता एवं पालिका उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।
सरावल गाउँपालिका वडा नम्बर ५ कार्यालयकाे अायाेजनामा २ दिने क्षमता बिकास तालिमकाे समापन समारोहलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि सबैको विश्वास जित्नुपर्ने बताउदै सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउनुभयो । सहकारी मार्फत महिला दिदीबहिनीहरुलाई उद्यमशिल बनाउनुका साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । छरिएर रहेको पुँजी, सिप,ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, बिकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताउनुभयो । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै अाफुले सहकारीमा बिगतका दिनदेखि सहयोग गर्दै अाइरहेकाे हुनाले अगामि दिनमा पनि जनताको सुखदुःखमा हमेशा साथ दिने प्रतिब्द्वता सहित सहकारीको उत्तराेतर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै कृषि सहकारीलाई अब पालिकाबाट मलखाद बितरणकाे लाइसेन्स पनि प्रदान गरिने बताउनु भएको हाे।

त्यस्तै पालिका उपाध्यक्ष हरिजनले एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गर्दै यहाका कृषि सहकारीलाई नमुना सहकारीको रुपमा अगाडी बढाउन सके स्वावलम्बि र आर्थिक रुपमा अगाडी बढ्न सकिने उनको भनाई थियाे । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिने बताउनु भएको थियो । साथै अगामि दिनमा सहकारीलाई अाफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गरेको थिइन् ।

त्यस्तै वडा नम्बर ५ का सचिव अशाेक कुमार पाण्डेय ,समाजसेवी शिव प्रकाश चाैधरी , हरि चाैधरी , पत्रकार उमेश बि.क ले सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको कुरामा जाेड दिनुभएको थियोे ।
३० जनाकाे सहभागीता रहेको तालिमकाे सहजिकरण बडहरा दुबाैलिया अाय अार्जन बचत तथा ऋष सहकारी संस्थाकाे ब्यवस्थापन रामचन्द्र राजभरले गर्नुभएको थियो ।
तालिममा सन्चालक पदाधिकारीको काम, कर्तव्य र अधिकार, सन्चालक प्रतिनिधिको भूमिका, नेतृत्व विकास र नेतृत्वमा हुनु पर्ने गुणहरु, नेतृत्वको भूमिकाजस्ता विषयमा जानकारी गराइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

