राष्ट्रिय दैनिक / नवलपरासी , २५ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ भिमटाडीमा माहाविद्यालय स्थापनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डा.शिवशंकर बस्यालकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले डा.शिवशंकर बस्यालले माहाविद्यालय स्थापनार्थकाे लागि चिन्तन गरेको भन्दै धन्यवाद दिदै माहाविद्यालय स्थापनाले समग्र सरावलकाे गौरव साथै नयाँपन हुने बताउनु भएको हाे। बिश्व विद्यालय स्थापनाको लागि सुरुवाती पहलमा लाग्ने सम्पूर्ण टिमलाई धन्यबाद दिदै शैक्षिक क्षेत्रसंग प्रत्यक्ष रुपमा जोडीएकोले यस कार्यमा पालिकावाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी ,कार्यपालिका सदस्य श्रीनिवास ठाकुर , वडा नम्बर ४ वडा सचिव अशाेक पाण्डेय ,शैक्षिक ब्यक्तित्ब भाेला प्रसाद चाैधरी , शुसान्त शर्मा घिमिरे , बिनाेद पाण्डेय , इन्द्र चाैधरी , जाहिद खान , देवराज चाैधरी , शिव चाैधरी , उमेश चाैधरी , सन्जय चाैधरी, बासमति चाैधरी पत्रकार उमेश बि.क लगाएतले सरावल गाउँपालिका अन्तर्गत माहाविद्यालय स्थापना हुनु यस क्षेत्रको शैक्षिक जगतमा परिवर्तन हुने बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि , प्रधानाध्यापक शिक्षाप्रेमी, बुद्धिजीवी समाजसेवी ,पत्रकारहरु सहभागी रहेकोे थियोे भने कार्यक्रमको स्वागत मन्तव्य यम कुमारी चापागाईंले गर्नु भएको थियो भने दुर्गा पाण्डेयले कार्यक्रम संचालन गर्नु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

