Rashtriya Dainik

पश्चिम नवलपरासीको महेशपुर भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता

बिनोद निगम / २४ असर , नवलपरासी

भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता मिलेको छ। विशेष सुराकीको आधारमा महेसपुर भन्सार, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नवलपरासीको प्रतापपुर गाउपालिका ५ धर्माैलीमा छापा मार्दा ठूलो मात्रामा चिनी र युरिया मल बरामद भएको छ

धर्मौलीको एक स्थानीय ब्यक्तिकाे घरमा एक ब्यपारीले भन्सार छली अबैध रुपमा लुकाईछिपाइ राखेको २३६ बाेरा (११८-कुन्टल) चिनि र ५६ बाेरा युरिया मल बरामद गरि नियन्त्रणमा लिइएको हो। उक्त मालसामान ७ लाख ८ हजार मूल्य बराबरकाे रहेको प्रहरीले जनाएको छ।

छापामारीमा सशस्त्र प्रहरी बल नेपाल, ईप्रका बेलाटारी,बसहिया प्रहरी चाैकि र भन्सार कार्यालयकाे सयुक्त टोली रहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणले जनाएको छ।

छापामारीबाट बरामद चिनी र मल आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे छ। पछिल्लो समयदेखि नवलपरासीमा तस्करी मौलाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित