Rashtriya Dainik

वृक्षारोपण कार्यक्रम सम्पन्न

हरिकिशोर शर्मा , पर्सा ,असार २४,
पर्साको ठोरी -५ मा रहेको ऐतिहासिक बाघमोर्चामाई मन्दिर परिसरमा शुक्रवार वृक्षारोपण गरिएको छ । ठोरीको विकासमा युवालाई सहभागी गराउने उद्धेश्यले हालसालै स्थापना भएको ठोरी युथ भिजन फाउन्डेसनको सहयोगमा वृक्षारोपण गरिएको हो ।

नवनिर्वाचित ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन , सशस्त्र र नेपाल प्रहरी , फाउन्डेसनका अध्यक्ष नारायण वाइबा , उपाध्यक्ष रोशन लोप्चन लगायत स्थानीयबासीहरुको सहयोगमा वृक्षारोपण गरिएको फाउन्डेसनका उपाध्यक्ष लोप्चनले जानकारी दिए । सो अवसरमा जापानिज कपूर २० ओटा , चेरी , जेक्रड लगायत विभिन्न प्रजातिको बिरुवा रोपिएको थियो ।

ठोरीका युवा सुरेश पाख्रीनको पहलमा स्थापना भएको ठोरी युथ भिजन फाउन्डेसन संस्थाले युवाको सक्रियतामा ठोरीको सकारात्मक परिवर्तनका लागि काम गर्ने लक्ष्य राखेको फाउन्डेसनले जनाएको छ । अभियानका रुपमा सन्चालन हुने संस्थाले ठोरी बाहिर रहेका र ठोरीमै रहेका युवाहरुलाई समेट्ने गरी अगाडि बढ्ने लक्ष्य लिएको उपाध्यक्ष लोप्चनले बताए । ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा हरियाली वातावरण निर्माण गर्न सके अझ धेरै पर्यटक भित्रिने उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित