वीरगंज –पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले किसानलाई तत्काल कृषि मल उपलब्ध गराउन माग गर्नुभएको छ । आज शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष तिवारीले धान रोपाईको बेला सुरु भईसकेको हुदा किसानलाई यथा स्तिथिमा मल उपलब्ध गराउन माग गर्नुभएको हो ।
नेपालमा ८० प्रतिशत जनता कृषि पेशामा नै आधारित रहेको र राज्यले समेत बर्षेनी अर्बो रुपैया छुट्याउने गरेको तर समयमा कृषकहरु मल नपाउन सकेको प्रति आपति जनाउनुभाएको छ । उहाले आर्थी बर्ष २०७८÷७९ मा १५ अर्ब रुपैया बिनियोजन भएको तर समयमा मल खरिद नहुदा मुलुक भरी नै मलको हाहाकार मचेको बताउनुभयो ।
पर्साको १४ वटै पालिकामध्ये विन्दवासिनी गाउँपालिकाका किसानले मल नपाएर छटपटी रहेको प्रमुख जिल्ला अधिकारि ढकाललाई जानकारी गराउनुभयो । कृषि सामग्री संस्थान र साल्टट्रेडिंगले विन्दवासिनी गाउँपालिका संग कुनै समन्वय नगरी ५५० बोरा डिएपी र युरिया कृषि ज्ञान केन्द्र पर्सा मार्फत सामाजिक सञ्चालमा जानकारी गराई बिभिन्न सहकारी संस्थाहरुलाई वितरण गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले आपति जनाउनुभयो ।
किसानलाई धान रोपाईको समयमा नै आवश्यकता अनुसारको मल नपाउदा धान उत्पादनमा ह्रास आउँन सक्ने तिवारीले भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसानले बोर्डर पारि बाट आफ्नो कामको लागी समेत मल ल्याउदा सिमानाकामा खटिएको प्रहरीले खोस्ने गरेको र किसानहरुलाई दुख दिने गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले प्रमुख जिल्ला अधिकारि ढकाललाई ध्यानआकर्षण गराउनुभयो । उहाले समयमा किसानलाई मल उपलब्ध भएन भने बाध्य भएर किसानहरु आन्दोलन गर्ने र त्यस बाट हुने क्षतिको जिम्मेवारी राज्य हुने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

