Rashtriya Dainik

धोबिनी गापामा जनताहरुको घर घरमा ग्यास सिलेन्डर पुर्‍याइन्छ उप मेयर- मन्जु देवी

राजन कुमार बानिया
पर्सा २४ असार
पर्साको धोबिनी गाउँपालिका को वडा न ३ हरिहरपुरमा आज ग्यास सिलेन्डर बितरण कार्य शुरु भएको छ। धोबिनी गाउँपालिका लाई धुवा मुक्त गर्ने उदेश्य का साथ् एक कार्यक्रम का बिच धोबिनी गाउँपालिका का उप मेयर ले ग्यास सिलेन्डर बितरण गरेर सुरु गर्नु भएको हो ।गाउँपालिका उप मेयर मन्जु देवीले भने मेरो अभियान घर घर मा ग्यास सिलेन्डर पुर्याउने अभियान रहेको छ। गाउँपालिका भरि को महिला हरु लाइ दाउरा लिन घर बाट बाहिर भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या र बिभिन रोग लागन देखिएको ले सोको मध्यनजर गरि गाउँपालिका उप मेयर मन्जु देवीले ग्यास सिलेन्डर बितरण कार्य वडा नं ३ हरिहरपुर बाट सुरु गर्नु भएको छ। स्थानिय निर्वाचन को सम्यमा गाउँपालिका लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास सिलेन्डर बितरण गर्ने प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन। गाउँपालिका उप मेयर मन्जु देवीले वडा नं ३ हरिहरपुर मा ५ सय घर परिवार लाई बितरण गरिएको बताए । बितरण कार्यक्रम मा गाउँपालिका वर्ड नं ३ हरिहरपुर का वडा अध्यक्ष राजकिशोर पटेल , श्री श्याम किशाेर प्रसाद कुर्मी,
प्रदीप पटेल ,रामबाल राउत ,नागिमा देवी ,इबराहिम मिया ,रिना देवी ,पवन पटेल लगायत ,जनप्रतिनिधि र स्थानिय नेता ,कर्मचारी हरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित