Rashtriya Dainik

बझाङमा उत्पादित मकै,आलु र सिमीलाई ब्राण्डका रुपमा विकास गर्ने तयारी

दोरेन्द्र खड्का बझाङ
बझाङमा उत्पादित मकै, आलु र सिमी लगाएतका बालीलाई राष्ट्रिय स्तरमा चिनाउन कृषि ज्ञान केन्द्र बझाङले ब्राण्डिङ गर्ने भएको छ । कृषि ज्ञान केन्द्रले स्थानीय रुपमा उत्पादित अर्गानिक सीमी लगाएतका बालीलाई अब ब्राण्ड रुपमा बजार पठाउन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केहि स्थानीय तहहरुले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएको छ । नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको बझाङ्गको आलु सिमीले बजारमा आफ्नो पहिचान बनाएपनि अर्गानिक आलु ब्राण्डिङ गर्न लागिएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए । बझाङमा अधिकांश कृषकको मुख्य खेती आलु र मकै भएकाले मुख्यमन्त्रि एकिकृत कृषि तथा पशुपक्षि बिकास कार्यक्रम अन्र्तगत बुङ्गल नगरपालीका ६ लाई मकै र वडा नम्बर १ र २ लाई आलुमा निर्भर बनाउन लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए ।
यस्तै जिल्लाको तल्कोट गाउपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ ्। जिल्लामा भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतलाई अर्को जिल्लासम्म पुर्‍याउने लक्ष्य रहेको छ । यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र चैन्पुरमा कोसेली घर निर्माणको लागी १२ लाख छुट्टयाएको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले जानकारी दिए । आलु जोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसान खुशी भएका छन् भने आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन् । यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानहरूको जीवनस्तर माथी उठ्ने विस्वास गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित