Rashtriya Dainik

नेपाल र भारतका उच्चटाेलिद्वारा नारायणी नदि किनारमा निर्माण भइरहेको संरचनाकाे निरिक्षण

राष्ट्रिय दैनिक / नवलपरासी , २४ असार

नेपाल र भारतका उच्चटाेलिद्वारा नारायणी नदि किनारमा निर्माण भइरहेको संरचनाकाे निरिक्षण गरिएको छ।

पश्चिम नवलपरासीको नारायणी नदी आसपासमा भारतको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको विभिन्न सरंचनाहरुलाई विहिबार भारत उत्तरप्रदेशका मन्त्रि सहित भारतिय सिचाई अधिकारीहरु सम्मिलित टोलीले निरिक्षण गरेको हाे।


भारत उत्तर प्रदेशका सिचाई मन्त्री स्वतन्त्रदेव समेतको टोलीले नदीको किनारमा भारतिय पक्षबाट निर्माण गरिएको र निर्माण कार्य भइरहेको सरंचनाहरु सिचाई मन्त्री देवले सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भइरहेको स्पर र कटरको निरिक्षण गर्दै आफ्नो मातहतका प्राविधिकहरुलाई निर्माण कार्य गुणस्तर युक्त बनाउन निर्देशन दिनुभएको छ ।

सो अवसरमा गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताले विग्याप बाधको उचाई बढाउनुपर्ने र नदीको विच भागमा बालुवा पुरिन गई नदीको पानी विग्याप तर्फ बढ्ने क्रमलाई तत्काल रोकिनुपर्ने भन्दै सिचाई मन्त्रिको ध्यानाकर्षण गराउनुभएको थियो।

नारायणी नदीको पश्चिमी र उत्तरी किनारलाई अझ बलियो सरंचना बनाएर नदीको कटान नियन्त्रण कार्यको लागी नेपाली बाढी पिडितहरुले नेपाल र भारतिय सिचाई अधिकारीहरुको ध्यानाकर्षण कार्य यस पुर्व देखी गराउदै आएका छन ।

सिचाई मन्त्री देवले नदी नियन्त्रण कार्यको प्रगति निरिक्षण गर्दा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, भारत उत्तरप्रदेश महाराजगन्जका डिएम सत्येन्द्र कुमार, पश्चिमाञ्चल सिचाई कार्यालय, डिभिजन कार्यालय, डि.ई. रण रणधिर कुमार, लाइजन अधिकृत अमित कुमार खड्का, सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय, प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादव लगाएत सिचाई अधिकारीहरुको उपस्थिती रहेको थियो । यस पुर्व उत्तर प्रदेशका सिचाइ मन्त्री देवले पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको बाध र नदिको अवस्थाबारे पनि आफ्ना मातहतका प्राविधिकबाट जानकारी लिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित