राष्ट्रिय दैनिक / धरान , २४ असार
रोट्रयाक्ट क्लब अफ धरान घोपाले रोटा वर्ष २०२२/२३ का लागि नयाँ कार्यसमितिको गठन गरेको छ ।
विगतको वर्ष झैँ, यस वर्ष पनि नयाँ कार्य समितिको चयन चुनावी प्रक्रियाद्वारा भएको प्रमुख निर्वाचन आयुक्त रोट्रयाक्टर डा. गिरेन्दर यादवले जानकारी दिनुभएको हाे ।
रोट्रयाक्ट रिवाज अधिकारीकाे अध्यक्षतामा भएको नयाँ कार्यसमितिको गठन कार्यक्रममा अध्यक्षमा ऋितिक राज पासवान , उपाध्यक्षमा ,जय प्रकाश मण्डल ,सुयोग झा ,एन्जल शाह ,सचिवमा करण कुमार यादव ,कोषाध्यक्षमा सुस्मिता सुनार चयन हुनुभएको छ।
त्यस्तै रोटरी फाउन्डेसन , सुमित कुमार यादव , पि.डि.डि आरती भुसाल , सम्पादक केशव राज कर्ण ,सूचना प्रबिधि अधिकारी नेहा यादव , स्रजेन्त ए्याट आर्म रविता मकरा ,जन सम्पर्क अधिकारी सुबिन कुमार साह , सह जन सम्पर्क अधिकारी दिपिसा थापा मगर , गतिविधि संयोजक माे .मेहमुद नुरी , सदस्यता अध्यक्ष अनुसा तिरपाठी , क्लब सेवा निर्देशक प्रकास अर्याल , समाज सेवा निर्देशक जया पौडेल , सह समाज सेवा निर्देशक अमिसा पन्त , अन्तर्राष्ट्रिय सेवा निर्देशक राजयश्री साहीलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यस्तै विशेष क्षेत्र परियोजना संयोजक निरज यादव , आरती पौडेल , विनिता गौतम चयन हुनुभएकाे छ ।
त्यस्तै ईन्टरेक्ट संयोजक विजय कुमार साह , भुपेन्द्र कुमार न्यौपाने ,प्रकृति न्यौपाने र पार्टनर ईन सर्भिस आन्नद कुमार यादव चयन हुनुभएकाे छ ।
त्यस्तै सल्लाहकारमा दिपेन्द्र प्रसाद यादव , रिवाज अधिकारी , अमन कुमार साह
र कृष्ण कुमार दास चयन हुनुभएकाे छ ।
निर्वाचन प्रक्रिया सरल र सहज बनाउनका लागि आयोगमा रो. डा. ओवजन रावल, रो. डा. प्रतिक्षा के.सी, रो. डा. राजु जयसवाल र रो. डा. प्रकृति कार्कीकाे उपस्थिति रहेको थियो ।
विभिन्न पदका लागि उम्मेदवारी गरेका उम्मेदवारहरुले आफ्नो विचारहरु र योजनाहरु सबै समक्ष साझा गरेका थिए ।
समाज कल्याणका लागि स्वतस्फूर्त कार्य गर्दै अाएकाे रोट्रयाक्ट क्लब अफ धरान अगामी दिनमा थप क्रियाशील भएर लाग्ने जनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

