Rashtriya Dainik

नवलपरासीको सरावलमा बाढी डुवान तथा आगलानीबाट हुने क्षति न्युनिकरणका लागि जनचेतना

उमेश बि.क / नवलपरासी , २३ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बाढी , डुवान तथा आगलानीबाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन गरिएको थियोे ।

नेपाली सेनाको गोरखदल गण परासीको सहजिकरणमा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षतिबाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास गरिएको थियो ।

घरायसी प्रयोगका सामग्री मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे पनि नेपाली सेनाको अभ्यास टोलीले स्थानीयलाई जानकारी गराएको थियो ।

बाढी र डुबानको उच्च जाेखिममा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले सरावल गा.पा का स्थानीयहरुलाई समेत सचेत गराउन कक्षा सन्चालन अभ्यास गरिएको गा.पा अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभयो ।

सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवामा अवस्थित जनता मा.बिकाे प्रांगणमा वडा नम्बर ६ काे अायाेजना तथा नेपाली सेनाको गोरखदल गण परासीको सहजिकरणमा जनचेतना कार्यक्रम सम्पन्न भएको हाे ।

वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ताकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको जनचेतना कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष हेयात खाँ धुनिया , कार्यपालिका सदस्य काैशल्या हरिजन ,वडा सदस्य माेहरीदेवि हरिजन , बन्धन सहानी , विद्यालयका प्र.अ कृष्ण कुश्वाहा , सिडिएम नेपालको सहजकर्ता सुरेन्द्र हरिजन लगाएत स्थानीय बासि तथा विद्यालयका विद्यार्थीहरुकाे उल्लेखनीय सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित