Rashtriya Dainik

पाल्हिनन्दनबाट लागु-औषध सहित २ जना भारतीय पक्राउ

बिनोद निगम /नवलपरासी , २३ असर

पश्चिम नवलपरासीको पाल्हिनन्दन वाड नं २ पिपरहिय चोकमा बुधबार राति करिब ०९:०० बजे चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको टोलिले लागु-औषध सहित २ जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको २ जनाले शंकास्पद गतिविधि देखिएपछि जिल्ला प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा आगु-औषध डाईजेपाम ९० एम्पुल, बुप्रिनर्फिन ९० एम्पुल,फेनारागन ९० एम्पुल, गरी जम्मा २७० एम्पुल र लु ३ प ७७१ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राऊ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला,थान चिरहिया ग्राम पटाजिलवा घर ठेगाना भएका लागुऔषधका मुख्य कारोवारी बर्ष ४० को रामा गुप्ता र बर्ष ३२ को जितेन्द्र पासवानलाई पक्राऊ गरेका छन् ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित