रन्जीत शर्मा / नवलपरासी १९ मंसिर पश्चिम् नवलपरासीको परासीमा ५ दिने उद्घोषण तथा भाषणकला तालिम अनौपचारिक रुपमा सुरु भएको छ् । कार्यक्रमको औपचारिक रुपमा भोलि उद्दघाटन गरिनेछ । देवचुली टेलिभिजनको आयोजना तथा हेल्पिङ हेन्ड परासि ,युवा सचेतना संस्था ,रामग्राम-२ परासी ,योगदान रास्ट्रको लागी पश्चिम नवलपरासी शाखा ,भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासी,परिवर्तन सामाजिक बिकास संस्था, पाल्हिनन्दन-२ को सह आयोजना तथा सनराइज इङलिस स्कुल पाल्हिनन्दन-२ महेशपुर अमानिगन्ज , उज्यालो भबिस्य संस्था ,उत्तम सहयोगी सामाजिक बिकास संस्था , मैत्री समाज नेपाल ,परासी एजुकेसन सेन्टर रामग्राम-४ जितपुर ,रामग्राम जेसिसको सहकार्य तथा राष्ट्रिय दैनिक ,गण्डकी आज , उदयमान रास्टिय अनलाइन पत्रीकाको मिडिया सहकार्य एवम् नरेन्द्र गुप्ता प्रमुख रामग्राम नगरपालिका , धिरज त्रिपाठी केन्द्रिय अध्यक्ष , सुखाडी प्रसाद चौधरी युवा तथा समाजिक अभियन्ता , रबिन्द्र सहानी नेता नेपाली काङ्ग्रेस तथा समाजसेवी सम्साद अन्सारी लगायत सहयोग दाताहरु सहयोगमा कार्यक्रम सुरु भएको छ । तालिमको पहिलो दिन एम ०एस० डि०एस० एवम् हेल्पिङ हेन्ड परासीका प्रमुख सन्जय शर्मा द्वारा नेतृत्व बिकास तथा उद्घोषण सम्बन्धित सामान्य कक्षा संचालन गरिएको छ । तालीम आजबाट सुरु भइ २३ गते सम्म सन्चालन हुनेछ । प्रत्येक दिन रास्ट्र स्तरका प्रशिक्षक बाट तालिम संचालन हुने आयोजकले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।