लोकल कुखुरा प्रबर्द्धनमा लाग्यो सरावल गाउँपालिका

उमेश बि.क / नवलपरासी ,१९ मंसिर

लोकल कुखुरा प्रबर्द्धनकाे लागि सरावलकाे मनरीमा स्थानीय जातको लाेकल कुखुरा प्रबर्द्धन सम्बन्धि ३ दिने तालिम सम्पन्न गरिएको छ।

रोजगारी सृजना गरी आर्थिक समृद्धि गर्ने उद्देश्यले सरावल गाउँपालिका पशुसेवा शाखाको अायाेजनामा सरावल २ मनरीमा ३ दिने तालिम सम्पन्न गरिएको हाे।

वडा नं. २ काे कार्यवाहक अध्यक्ष बिजय सिंह गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न गरिएको हाे।

गाउँपालिका अध्यक्ष चाैधरीले लोकल कुखुरा प्रबर्द्धन गर्दै रोजगारी सृजना गरी आर्थिक समृद्धि गर्नमा गाउँपालिका लागि परेको बताउनुभएको हाे। लाेकल कुखुरा बीउ पूँजीको रुपमा दिइएको हुनाले आर्थिक जिविकोपार्जनमा टेवा पुग्ने समेत दावी गर्नुभएको हाे।

तालिममा वडा नं. २ अन्तर्गतका ४० जना महिलाहरूकाे सहभागीता रहेको थियाे। तालिम सहभागी ४० जना महिलाहरुलाई १५/१५ वटा चल्ला , दाना १ किलाे , भाडा तथा भिटामिन, अाैषधि समेत वितरण गरिएको पशुसेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिनुभएको हाे।

अहिले हरेक कुरामा हुने बिषादी र रासायनिक पदार्थ मिश्रणले मानव शरिरलाई नराम्रो असर गरिरहेको छ । खानेकुरामा स्वच्छ, सफा, अर्गानिक र लोकल वस्तुहरुको उपभोगमा जोड दिने उदेश्यले लोकल कुखुरा पाल्नको लागि चल्ला वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले बताउनु भयो ।

तालिमको सहजिकरण भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका पशु चिकित्सक डा. भरत काफ्ले , पशुस्वास्थ्य प्राबिधिक अशोक चाैधरी तथा रन्जना अाचार्यले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot