Rashtriya Dainik

लैंगिक हिंसा विरुद्ध १६ अभियान अन्तर्गत ‘प्रहरी मेरो साथी’

उमेश बि.क / नवलपरासी ,१८ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मंगलापुरमा लैंगिक हिंसा विरुद्ध १६ अभियान अन्तर्गत ‘प्रहरी मेरो साथी’ कार्यक्रम गरिएको छ।

सरावल गाउँपालिकाको अायाेजना तथा एविसि नेपाल ,बेस नेपाल, न्यायिक सराेकार संस्था ,सुअाहारा लगाएतकाे संस्थाहरुकाे सहयोगमा कार्यक्रम गरिएको हाे।

तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष मिना चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष चाैधरीले मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सामुदायिक सम्पर्कको माध्यमबाट नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु पर्ने कुरामा जाेड दिनुभएको हाे। समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउन अाग्रह समेत गर्नुभएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाेले नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो । समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले योगदान पुर्याउने बताइन । प्रहरीको प्रतिष्ठा बढाउन तथा कार्यसम्पादनको जिम्मेवारी पूरा गर्न सजगता प्रदान गर्ने मात्र होइन, नागरिकमा शान्ति, सुरक्षा र समाजको विकास निर्माणमा पनि निकै सहयोग पुग्नेछ उपाध्यक्ष रायले भनिन ।


त्यस्तै गाेबरहिया प्रहरी चाैकि इन्चार्ज लिल बहादुर बि.कले प्रहरीको सङ्गठन कुनै व्यक्तिविशेषको आदेशमा नभएर विधि र कानुनअनुरुप सञ्चालन हुन्छ भन्ने कुरा अभियानले पुष्टि गर्ने विश्वास व्यक्त गरे ।आम नागरिकले सम्झौता गर्न नसक्ने शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले दिएको सेवा र जनताको आकाङ्क्षाबीच देखिँदै आएको खाडललाई पुर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल , वडा नं. ४ वडा अध्यक्ष छाेठेलाल यादव ,वडा सदस्य जन्तरी सहानि ,वडा सचिव अशोक पाण्डेय लगाएको सहभागीता रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित