युनेस्कोद्धारा नरैनापुरमा निःशुल्क आँखा शिविर सञ्चालन, ३४६ जनाको परीक्षण

बाँके / १४ मङ्सिर/

बाँके युनेस्को क्लबले नरैनापुर गाउँपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइतवार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३४६ जनाले आँखाको परीक्षण गराउनुका साथै औषधी समेत पाएका छन् ।

कतार च्यारेटीको आर्थिक सहयोग र नरैनापुर गाउँपालिका तथा नेपाल नेत्र ज्योती संघ बाँके फत्तेबाल आँखा अस्पतालको सहकार्यमा क्लबद्धारा आयोजना गरिएको सो निःशुल्क आँखा शिविरमा सो क्षेत्रका ३४६ जना सर्वसाधारण आँखा परीक्षणका लागि आएका थिए ।

आँखा शिविरमा आएकाहरुको निःशुल्क आँखा परीक्षण गरिनुका साथै उनिहरुलाई औषधी र केहीलाई चश्मा समेत वितरण गरिएको र त्यहाँ आएका मोतियाविन्दु भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले ८० जनाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उनिहरुको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनिहरुलाई अस्पतालसम्म लैजाने र शल्यक्रियापछि घरसम्म पुर्याउने व्यवस्था क्लबले गर्ने बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले निःशुल्क आँखा शिविरबाट यति धेरैजना स्थानीयले फाइदा पाएकोमा युनेस्को क्लब र कतार च्यारेटीप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले वडा नम्बर २ लाई लक्षित गरेर आँखा शिविरको आयोजना गरिएपनि अन्य वडाका पनि थुप्रै जनताले आएर परीक्षण गराएको बताउनुभयो ।

बाँकेमा पिछडिएको मानिने नरैनापुरमा यति धेरैजनाको आँखाको परीक्षण गरेर उपचार गराउन धेरै पाउँदा खुशी लागेको शिविरमा पुग्नु भएका कतार च्यारेटीका ईन्जिनियर आमिर फैसलले बताउनुभयो ।

गाउँघरमै आएर आँखा परीक्षणका साथै उपचार समेत गरिदिएकोमा स्थानीयले आयोजकलाई आभार प्रकट गरेका छन् । स्थानीय अकबाल अहमदले धेरैजनाको आँखाको समस्या रहेको ठाउँमा शिविर लगाएर धेरै राम्रो काम गरिएको बताउनुभयो ।

सो शिविरमा फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिक, नेत्र वरिष्ठ सहायक एम राज बर्मा, नेत्र सहायकहरु शुषमा थारु र फलक सादिक तथा नेत्र सहायक परिक्षार्थिहरु नुर मोहम्मद, विमला कार्की, विनिता शाही र जोया शेषले सर्वसाधारणको आँखा परीक्षण गर्नुभएको थियो ।

सो अवसरमा क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, कार्यकारी निर्देशक रवि तुलाधर, सहायक निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृतहरु गुलाम गौस, अनुप बर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।

सोही प्रकारको निःशुल्क आँखा शिविर नरैनापुर गाउँपालिका २ स्थित स्वास्थ्य चौकी सोमवार र नरैनापुर गापा ६ को गंगापुरस्थित स्वास्थ्य चौकीमा मंगलवार आयोजना गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot