कुख्यात तस्कर पकाहा र सबैठवामा, केराउ तस्करी तिब्र रूपले अगाडी बढदै

पर्सा, १३ मंसिर /

पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने पकाहा र सबैठवा नाका हुँदै ट्रयाकटरकै माध्यमले केराउ तस्करी भइरहेपनी माथिल्लो निकाय मौन धारण गरेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्ग मिले पश्चात् पकहा र सबैठवा नाका हुँदै दिनहु करोडौ बराबरको केराउ भारततर्फ निर्यात हुँदै आएको हो ।
पकहा र सबैठवा नाका हुँदै कुख्यात तस्कर प्रमोद सहनी र भगत भनिने तस्कर समुहले ट्रयाक्टरकै माध्यमले तस्करीका मालसमान आयात निर्यात गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोस्ट पकहाका सशस्त्र प्रहरी निरीक्षक अमृत केसि तथा बोर्डर आउट पोस्ट सबैठवाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेललाई मासिक लाखौ रूपैया नजराना दिए पश्चात् ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन सुचारू भएको स्थानीयले बताए ।
मात्र सीमा नाकाको बोर्डर आउट पोस्टहरूले तस्करीको लाइन कहाँ चलाउन सक्छन भन्दै सशस्त्र प्रहरी श्रोतले जनाएका छन । उहाका अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले मासिक १० लाख नजराना बुझे पश्चात् केराउ तस्करीको कार्य सुचारू भएको बताए । श्रोतका अनुसार तस्कर समुहका मुख्य नाइके प्रमोद सहनी र भगत भनिनेले स्थानीय बि.ओ.पि पकहा र सबैठवाकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको निम्ति मासिक १० लाख बुझाउने गरेको बताए ।
सशस्त्र प्रहरी बल संगठन एउटा असल र इमान्दार संगठनको रूपमा मानिने गरेपनी सशस्त्र प्रहरी बल नेपालकै केही भ्रस्ट प्रहरीले गर्दा सम्पूर्ण सशस्त्र प्रहरी बल नेपालको बदनाम हुँदै गएको प्रष्ट हुन्छ । तसर्थ : सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपतिको साथ साथै बोर्डर आउट पोस्ट पकहा र सबैठवाका सशस्त्र प्रहरी निरीक्षकले गरेको कार्य प्रती संगठन प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot