कृष्णनगर,कपिलवस्तु, मंसिर १२ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा नारा ‘लैंगिक हिंसा अन्तयको प्रतिवद्धता; व्यक्ति, समाज र सबैको ऐक्यवद्धता, भन्ने मूल नाराका साथ कृष्णनगरको सिर्सिहवा मा किशोरी समूहमा अन्तरक्रिया कार्यक्रम को शान्ति पुनर्स्थापना गृह का निशा पंथी अध्यक्षता, महिला वालवालिका शाखा प्रमुख थुमा उपाध्याय को संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, कृष्णनगर नगरपालिका को आयोजना तथा विभिन्न संघ संस्था ईलाका प्रहरी कार्यालय कृष्णनगर, सुआहारा दोस्रो, आफान्त नेपाल, शान्ति पुनर्स्थापना गृह, साना हात, माहुरी होम को सहकार्य नगरपालिका को रोजगार संयोजक ईश्वरी पौडेल , सुआहारा का पृथीपाल तेली, संगीता यादव, प्रहरी चौकी सिर्सिहवा का जनार्दन यादव, आफान्त नेपाल का केशर विश्वकर्मा ले छलफल चलाएर अन्तरक्रिया कार्यक्रम गरेको कुरा पृथीपाल तेलीले बताएका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।