Rashtriya Dainik

राष्ट्रिय कृषि श्रमिक संघ नेपालले बुझायो ज्ञापन पत्र

देशबन्धु यादव / मंसिर १० नवलपरासी

राष्ट्रिय कृषि श्रमिक संघ नेपालले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापन पत्र बुझाएको छ।

नेपाल सरकार र उखु किसानबिच ५ बुँदे सम्झौता भए पनि सम्झौता अनुसार चिनि उद्योगीहरुले किसानलाई समयमा भुक्तानी नगरेको भन्दै ज्ञापन पत्र बुझाएको हाे।

नवलपरासी अन्तर्गत ३ वटा चिनि उद्योगले पनि समयमा रकम भुक्तानी नगरेको भन्दै तीन बुन्दे माग सहित राष्ट्रिय कृषि श्रमिक संघ नेपालीको उपाध्यक्ष निम नरायण चाैधरी सहितको टाेलिले सहायक प्र.जि.अ जाेरा सिंह माझीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा मिल सन्चालन गर्दा क्रयरसिदमा ताैलकाे साथसाथै क्रयरेट र भुक्तानी मिति अनिवार्य ताेकिनुपर्ने, २०७७ मंसिर १५ गते भित्र भुक्तानी भएन भने मंसिर १६ गते जिल्ला प्रशासन अगाडि किसानले धर्ना दिने तथा भुक्तानीमा ढिलासुस्ती भएमा २०७७ मंसिर २७ गते काठमाडौंकाे माइती घर मण्डलामा देशभरिका किसानहरुले अान्दाेलन गर्ने जानकारी सहित ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र राष्ट्रिय कृषि श्रमिक संघ संगठन मन्त्री गाेपाल यादव,राष्ट्रिय कृषि श्रमिक संघ नवलपरासी अध्यक्ष चन्द्रमान कुश्वाहा ,राष्ट्रिय कृषि श्रमिक संघ नवलपरासी उपाध्यक्ष अनिल कुमार अग्रहरी,सदस्य अयाेध्या तिवारी ,उखु कृषक देशबन्दु यादव तथा धर्मराज चाैधरी लगाएतको उपस्थितिमा बुझाएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित