रुपन्देही /१० मङ्सिर
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।
घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
राजमार्ग चौराहा नजिकै रहेको कालिका मानव ज्ञान मावि अगाडी सो कार दुर्घटना हुँदा कार कच्याककुचुक भएको छ । घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।
कारको गती नियन्त्रणबाहिर जाँदा डिभाइडरमा ठोक्किएको हो । कारको टायर र इन्जिन भने उछुट्टीएर सडकमा आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

