बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

उमेश बि.क / नवलपरासी ,८ मंसिर

पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग बितरण गरिएको छ।

प्रतिनिधि सभा सदस्य तथा पुर्व गृह राज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा तथा चाइना फाउन्डेसनको सहयोग,रास्ट्रीय अपाङ्ग पुनर्स्थापन समाज काठमाडौको ब्यवस्थापनमा नवलपरासी जिल्लाका १४ सामुदायिक विधालयमा अध्ययन गर्ने करिब २७६८ जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरिएको हो ।

जस अन्तर्गत सोमबार बर्दघाट नगरपालिका १२ भटवलिया नित्यानन्द रत्नकुमारी मा.वि मा २०९ तथा सरावल गाउँपालिका २ सुबन्सि कन्या नि.मा.विअत्रहटीमा १९०,सरावल ३ महेन्द्र मा.बि १४०, वडा नं. ४ मदर्शा गाैसिया ललितपुर १११ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र स्कुल ब्याग सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यतामा तथा जिल्लाका नेतृत्व बर्ग,स्थानिय जन प्रतिनिधि,शैक्षिक ब्यतित्व बर्गको उपस्थितिमा बितरण गरिएको प्रतिनिधि सभा सदस्य कण्डेलका स्वकीय सचीव कमल किशोर रायमाझीले बताए ।

अध्यक्ष चाैधरीले माननीय देबेन्द्रराज कण्डेल विकासप्रेमी नेता रहेकाे बताउदै वहाँले यस्ता उदाहरणीय अभियान लयाएकाेमा धन्यवाद दिनुभएको हाे । जेहेन्दार छात्र छात्रालाई स्कुल जान उत्साहित गर्न र शैक्षिक सामाग्री सहज रुपमा स्कुलमा लिन तथा विद्यार्थीहरुलाई पढाइप्रती रुचि जगाउने उद्देश्यले ब्याग सहयोग गरिएकोले विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गर्नुभएको हाे।सामुदायिक विद्यालयमा पढाइको गुणस्तरीयता बढिरहेको हुनाले अभिभावकले पनि अाफ्ना बालबालिकालाई राम्रोसँग विद्यालय पठाइदिने गर्नुपर्छ ।गाउँपालिकाबाट सामुदायिक विद्यालयमा ठुलाे लगानी भइरहेको छ । छात्रवृत्ति देखि लिइएर खाजासम्म सामुदायिक विद्यालयमा भएको हुनाले विद्यार्थीमा थप हाैसला प्रदान भएको बताउदै अाफु बिगतका दिनदेखि नै समाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने जानकारी दिनु भयो।

कार्यक्रममा सरावल गाउँपालपका वडा नं. २ अध्यक्ष सम्भु प्रसाद चाैधरी ,वडा नं. ४ अध्यक्ष छाेटेलाल यादव , नेपाल शिक्षक संघ लुम्बिनी प्रदेस सल्लाहकार माेहन प्रसाद शर्मा, मा.कण्डेलका स्वकिय सचीव कमल किशोर रायमाझी , वेद बहादुर चौधरीज्युको,बर्दघाट न.पा १२ काे अध्यक्ष मान बहादुर मल्ल, महेन्द्र काफ्ले,वडा नं१२ का सदस्य गजेन्द्र गिरि, मनोज कुमार कार्की, गंगा चाैधरी ,बुद्ध ज्याेति प्रा.विका प्र.अ बिनाेद कुमार पाण्डेय लगाएतले उक्त सहयोगले बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार गर्दै पढाइलाई निरन्तरता दिन सहयोग पुर्याउने भन्ने कुरामा जाेड दिइएका थिए ।

बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग सहयोग मिलेको भन्दै आफू खुसी भएको बिद्यार्थी र अभिभावकहरुकाे भनाइ छ।अति बिपन्न बालबालिकालाई सहयोग गरेको शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय अाउनमा ठुलाे उत्प्रेरणा जगाएकाे र
उपलब्ध गराइदिएकोमा सांसद कण्डेललाई विद्यालयका शिक्षक शिक्षिकाहरुले ठुलाे सहयोग गरेको भन्दै धन्यवाद समेत दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot