आलोक मिश्रा ५ मङ्सिर, बाँके । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको छेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको छेत्रीय प्रबन्धक दिपक कुमार ओलीले जानकारी दिनुभयो । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको समाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त संचालन गरिएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन । कार्यक्रमम हरि बहादुर क्षेत्री बुढाले रक्तदान गरि कार्यक्रमको शुभ उद्घाटन गरिएको थियो । रेडक्रस सोसाइटी नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख कृष्णा बहादुर हमाल, कोहलपुर शाखा प्रमुख पंकज कुमार गुप्ता, रिलायन्स संग जोडिएका प्रतिनिधी, संघ संस्था का प्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा ३३ जनाले रक्तदान गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।