काठमाडौं । कोरोना जोखिमका कारण भारतसंगको सिमानामा वार पार गर्न पनि अब नयाँ नियम लागू भएको छ । नेपालको पश्चिमी नाका भएर भारत जान भारतीय शासनले अनिवार्य रासनकार्ड हेरेर मात्रै प्रवेश अनुमति दिएको छ । पश्चिम क्षेत्रका नेपालीहरुको वैदेशिक रोजगारीको मुख्य गन्तब्य स्थल भारत हो । दशैं तिहार लगायतका मुख्य चाडपर्व सकिएपछि भारत रोजगारी गर्न जानेहरुको लर्को लाग्ने गरेको छ । त्यसैले गड्डाचौकी नाका भएर भारत जाने नेपालीहरुसँग भारतीय रासनकार्ड भए मात्रै उनीहरुलाई प्रवेश अनुमति दिन थालिएको छ । रासनकार्ड नभएकाहरु अब भारत जान पाउँदैनन् । रासनकार्ड नहुँदा कतिपय नेपाली भारतमा रोजगारीका लागि फर्किन पाएका छैनन् । यस्तै भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई समेत नेपाली प्रशासनले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट लागु गरेको छ । तर नेपाली नागरिकका हकमा भने पीसीआर अनिवार्य गरिएको छैन । तर भारतबाट स्वदेश फर्किने नेपाली नागरिकलाई सीमाबाटै सोझै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।