अण्डकोष सुन्निने र दुख्ने हुन सक्छ कोरोना भाइरसको नयाँ लक्षण : चिकित्सक

डाक्टरले अण्डकोषको दुखाई पनि कोभिड–१९ को लक्षण हुनसक्ने दाबी गरेका छन् । डाक्टरले यस्तो दाबी यसकारण गरे किनभने ४९ वर्षका एक व्यक्तिमा कोरोनाका अन्य कुनै लक्षण नदेखिए पनि भाइसको संक्रमण देखियो । टर्कीका नाम नखुलाईएका व्यक्तिले आफ्नो अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि गएका थिए ।

रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन । यद्यपि, डाक्टरहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे किनभने उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए । परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखियो तसर्थ डाक्टरले अण्डकोष दुखाई उनको पहिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

डाक्टरले मेडिकल जर्नलमा यसलाई ‘असाधारण केस’ बताएका छन् । यसले कोरोनाभाइरसले मानिसमा कस्ता–कस्ता प्रभाव पार्नसक्छन् भनेर देखाएको डाक्टरले बताएका छन् । कोभिड–१९ संक्रमण हुँदा कतिजनालाई अण्डकोषमा पीडा हुन्छ भनेर यकिन जानकारी नभएपनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा यस्तो समस्या देखिने बताइएको छ ।

कोरोनाभाइरस शुक्रकिट उत्पादन गर्ने अण्डकोषसम्म पुग्नसक्ने र यसले दीर्घकालीन क्षती पुर्याउने हो कि भन्नेबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, यसको निकै कम प्रमाण भेटिएका छन् वीर्यबाट कोरोनाभाइरस सर्ने कुरा कुनै पनि शोधले पुष्टि गरिसकेको छैन । यो घटनाबारे युरोलोजी केस रिपोर्टस् नामको मेडिकल जर्नलमा प्रकाशित भएको हो । उक्त रिपोर्ट टर्कीको इस्तानबुलामा अवस्थित एसिबादेम मेहमेत अली एदिनलार युनिभर्सिटीका डाक्टरले तयार पारेका हुन् ।

डा. हाकाल ओज्भेरी र सहकर्मीले ती व्यक्तिमा देखिएको अण्डकोषको दुखाई ‘फर्स्ट क्लिनिकल साइन अफ कोभि–१९’ बताएका छन् । ती व्यक्ति क्लिनिकल्ली बिरामी नभएपनि उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई पाँच दिनको लागि हाइड्रोक्सिक्लोरोक्विन औषधी दिइयो । यसका साथै उनलाई एजिथ्रोमाइसिन र इमिपेनेमरसिलास्ट्याटिन नामको दुईवटा एन्टिबायोटिक दिइयो जसले ब्याक्टेरियाको संक्रमणलाई कम गर्न सहयोग गर्छ ।

उनलाई संक्रमणको कुनै लक्षण नदेखिएपनि डाक्टरले उक्त औषधी चलाए । उपचारको दोस्रो दिनमा ती व्यक्तिले अण्डकोष दुख्न कम भएको बताए । तर उनको शरीरबाट कोरोनाभाइरस निस्कन तीन हप्ता लाग्यो । उनी २४ दिनको अस्पताल बसाईपछि घर फर्किए । – एजेन्सी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot