खगेन्द्र अबस्थि
कैलाली
घोडाघोडि बहुमुखीले पनि अनलाइन कक्षा सञ्चालन गर्ने भयको छ।
जिल्लाको घोडाघोडि नगरपालिका स्थित घोडाघोडि बहुमुखी क्याम्पसले कोरोना भाइरस कोभिड १९ को नयारूप ओमिक्रोन भेटिएपछि सबै कार्यक्रम स्थगित गरि अनलाइन प्रणालीमा जाने निष्कर्षमा पुगेको हो।
बिस्व नै त्रासमा भएको बेला नेपालमा समेत ओमिक्रोनको त्रास पढेको हो स्वहि क्रममा नेपालका धेरै शैक्षिक संस्थाले आफ्ना सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन।
त्यस्तै घोडाघोडि बहुमुखी क्याम्पसले एक सुचना जारि गर्दै सबै कार्यक्रम स्थगित गरेको हो सुचनामा २०७८/१०/०९ देखि हुने भनिएका सम्पुर्ण कार्यक्रमहरू विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को अर्को भेरिएन्ट ओमिक्रोनको कारण अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरि ११/१२स्नातक स्नातकोत्तर तहका सबै कक्षा १२ गतेदेखि अनलाई पढाइने भनि सुचनामा उल्लेख गरिएको छ।
कत्तिको प्रभाब होला त अनलाईन कक्षा?
अनलाईन कक्षा हुने भएपछि बिद्यार्थीका बिभिन्न समस्या खडा भएका छन कसैकोमा त नेट नै नचल्ने समस्या छ ति बिद्यार्थी कसरि कक्षामा उपस्थित हुने भनि बिद्यार्थी चिन्तामा पर्न थालेका छन।
कतिञ्जेल मोबाइलमा पैसा हालि डाटा तानि कक्षा लिने जस्ता बिभिन्न समस्याले बिद्यार्थी चिन्तित देखिन्छन कक्षाकोठामा बस्दा हल्लाले बुझिने थिएन अनलाइन कक्षा पढ्दा कसरि बुझिएला र? भनि प्रश्न गर्छन घोडाघोडि बहुमुखी क्याम्पसमा अध्यनरत छात्र खगेन्द्र भट्ट।
अनलाइन कक्षा यो क्षेत्रमा त्यति प्रभाबकारी देखिदैन कसैको नेटको पहुच हुदैन त कसैको आर्थिक समस्याले सताइ रहेको हुन्छ सबै कुरा बुझि अगाडि बढिदिन अनुरोध गर्छिन घोडाघोडि बहुमुखी क्याम्पस अध्यनरत छात्रा मिना ठगुन्ना।
हुन पनि कोहि बिद्यार्थि पाहाडका पनि छन पाहाड तिर त नेटको समस्या झनै बल्झिदो छ नेटको पहुँचमा न भएका बिद्यार्थीले कसरि कक्षाकोठामा उपस्थित हुने र कसरि परिक्षाको तयारि गर्ने भन्ने कुराले बिद्यार्थीको मानसपटलमा सधै ताजै रहन सक्छ।
हाम्रो टिमले घोडाघोडि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद कुमार खड्कासंग सोधपुछ गर्दा सबैको समस्या बुझेका छौ कोर्ष सक्काउनु पर्ने हुन्छ त्यसैले पनि अनलाइन माध्यमबाट पढाउनु पर्ने बाध्यता भएको उहा बताउनु हुन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

