Rashtriya Dainik

भारतीय सिमा क्षेत्रमा सडक निर्माण हुदा नेपालमा डुबानको जोखिम बढदै

राष्ट्रिय दैनिक / नवलपरासी ,७ माघ

पश्चिम नवलपरासीकाे दशागजा नजिकै भारतिय सिमाक्षेत्रमा भारत सरकारले नयाँ सडकको निर्माणले गर्दा नेपाली भुमी डुबानमा पर्ने सम्भावना देखिएको छ ।

भारतिय सिमा क्षेत्रमा सडक निर्माण भइरहेको हुदा सुस्ता, प्रतापुर ,सरावल र पाल्हिनन्दन गाउँपालिकाकाे दर्जनौ गाउँ ठुबानमा पर्ने भएको हुदा स्थानीयबासि चिन्ता ब्यक्त गरेका छन ।

भारत सरकारले सिमा सुरक्षा सडक (बि.आर.ओ.) योजना अन्तर्गत पुर्व देखी पश्चिम सम्म निर्माण गर्न लागेको ७ फिट उचाँई तथा ३० मिटर चौडाईको निर्माणाधिन सडकमा पानी निकाशको लागी पुल नहुदाँ स्थानिय चिन्तित भएका छन ।


बाढी प्रभावित क्षेत्र भएको हुदाँ निर्माणधिन सडकमा पानीको निकाश गर्नु पर्ने नेपाल सरकार तथा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

उक्त निर्माधाधिन सडकमा पानीको निकाश बनाउनको लागी स्थानियहरुले भारतको उत्तर प्रदेश मुख्यमन्त्री कार्यालयलाई पत्राचार समेत गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित