माघ ६, धनुषा । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

