Rashtriya Dainik

दाउरामा ब्रहमलुट

रामजी प्रजापती माघ ,६ । देशभर बढिरहेको असामान्य चिसोबाट बच्नको लागि आम उपभोक्तालाई मध्यनजर गर्दै शहर बजारका मुख्य चौकहरूमा वितरण गरिएको दाउरा चोरी हुन थालेका छन् ।

नवलपरासीको रामग्राम नगरपालिकाको पहलमा नगरका मुख्य चौकमा वितरण गरी राखिएका दाउरा चिसो नघट्दै चोरी हुन् थालेका छन् ।

रामग्राम नगरपालिकाको वडा नं ४ जीतपुर लगायतका ठाउँहरुमा जाडो छल्न नगरपालिकाले कर्मचारी ,स्थानिय ,समाजसेवी ,प्रहरी , पत्रकार लगायतको उपस्थितिमा वितरण गरी राखिएको दाउरा आफू खुशी स्थानियले घर भित्राउन थालेका हुन् ।
राखिएको दाउरा झपक्क साझ परेपछि स्थानियले नैं बोकेर घरमा राख्न थालेको अवस्थाको सिर्जना परासी लगायतको क्षेत्रमा रहेकोले तत्काल नगरपालिकाले ध्यान दिनुपर्ने देखिएको छ ।
समय र परिस्थितिलाई विचार नगरी अवैध रूपमा दाउरा घर भित्राउने सबैलाई कानुनी कारवाही अगाडि बढाउन जरुरी देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित