आशिस माल बैतडी, कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका बिषयमा आज बैतडीमा कार्यालय प्रमुखहरु संग पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा सरकारी कार्यालयका प्रमुख र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
अन्तरक्रियामा कोभीड संक्रमण नियन्त्रणका बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्लाअधिकारी राजेन्द्र देब पान्डेले बताएका छन । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका बिषयमा चासो लिएको उनले बताए ।
कोभीडको महामारीका बेला सरकारी सेवा प्रवाहका बिषयमा पनि कार्यालय प्रमुखहरुसंग छलफल गरिएको उनले बताए । यस्तै सार्वजनिक सेवाप्रति बताए नागरिकको गुनासोको बिषयमा पत्रकारहरुसंग छलफल गरिएकोहो सार्वजनिक सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुसंग अन्तरक्रिया गरिएको उनले बताएका छन ।यो कार्यक्रमआज बाट तिन तिन महिनामा हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

