बिनोद मण्डल /माघ ५ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ४ बैरीहवा स्थित आज करिब ६:३० बजेको समयमा माेटरसाइकल दुर्घटना भएको छ ।
सडकमा बिग्रिराखेको ना ३ ख ९५४५ नम्बरको ट्रकको चालकले गाडी बनाउनको लागि मिस्त्री लिन परासी गएको अवस्थामा पछाडिबाट आएको भारतीय प्लेट नम्बरको एन. एस . पल्सर २०० सी सी भएको युपि ५६ an ४३५३ नम्बरको माेटरसाइकल ठोकिँदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन ।
घाइतेको उपचार अहिले जिल्ला अस्पताल परासीमा भइरहेको स्थानिय दिलीप गुप्ताले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

