बिनोद मण्डल माघ ५ । सिराहा नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट सर्वसहमत जिल्लाको पार्टी उपसचिव पदको जिम्मेवारी पाउनु भएको शिवशंकर महतो धनगढीमाई सिरहाको शैक्षिक ,बौद्धिक र योजनाकार नेताको रूपमा चिनिनुहुन्छ साथै महतो पार्टीको दोश्रो पुस्ताका नेताको रूपमा समेत परिचित भएका छन् ।
विक्रम सम्वत २०७४ को स्थानिय निर्वाचनमा धनगढीमाई नगरपालिकाको मेयर पदमा उम्मेद्बारी दिएका महतो विगतमा झिनो मत अन्तरले पराजित भएपनि दोश्रो स्थानमा रहनु भएको थियो ।
आफू पराजित भएपनि जनताको सेवामा हरदम खटिरहने महतोको जनता प्रतिको वफादारी देखेर स्थानिय जनता खुशी रहेका छन् । महतो १० औं एमाले जिल्ला अधिवेशनबाट पदभार ग्रहण गरेपछि स्थानिय जनतामा खुशी छाएको अवस्था रहेको पाइन्छ । सरल स्वभाव , मृदुभाषी , हासेर बोल्ने ,जनतासँग २४ घण्टा घुलमिल रहने महतोको कार्यप्रति आम जनता खुशी भएका छन् ।
करिब एक दर्जन बढी संघ संस्थाको नेतृत्व गरिसकेका महतोलाई एमाले पार्टी भित्र बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छन् ।
अत्यन्त मिलनसार महतो नेकपा एमाले निकट मात्र चर्चित नभएर आम जनताको जन जिब्रोमा आइरहेको व्यक्तित्वको रूपमा चिनिन्छन् । भावी स्थानिय निर्वाचनमा धनगढीमाई नगरपालिकाको मेयर पदमा उम्मेद्बारी दिने कुरामा स्थानिय जनता विश्वस्त रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

