Rashtriya Dainik

मनरीकाे १६ अाैँ खिचडी (माघी) पर्वकाे अवसरमा ३२ जनाले गरे रक्तदान

उमेश बि.क / नवलपरासी ,१ माघ

नवलपरासीको सरावल गाउँपालिका २ जनता मा.बि मनरीकाे प्रांगणमा थारु समुदायको नयाँ वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १६ अाैँ माघी मेला तथा शुभकामना अादानप्रदान सम्पन्न भएको छ ।

पुस २९ गते देखि सन्चालन रहेको २ दिने शुभकामना अादानप्रदान कार्यक्रम श्रीराम युवा प्रतिष्ठानको आयोजनामा ”आपन धरम आपन ईमान, कला संस्कृति आपन पहिचान” भन्ने मुल नाराका साथ सुरु भइ सम्पन्न भएको हाे। 

प्रतिष्ठानका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा सम्पन्न मेलालाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे । प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ । र सरावल गाउँपालिका २ मा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस र यश क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले थारु जातिको संस्कृति र संस्कारको संरक्षण, समाजिक, राजनितिक र आर्थिक, रुपान्तरण लागि थारु एकता जागरण ल्याउने उद्देश्यका साथ खिचडी अर्थात् माघी मेला जरुरी रहेको बताउनुभएको हाे।

माघि मेलामा तथा शुभकामना अादानप्रदान कार्यक्रममा थाकस पुर्व अध्यक्ष पुरन चाैधरी,प्रतिष्ठानका संस्थापक अध्यक्ष भेष नरायण चाैधरी ,समाजसेवी हरिलाल यादव, थाकस शिक्षक सभा नवलपरासी अध्यक्ष एवं नेकपा एमाले जिल्ला सदस्य सुखाडी प्रसाद चाैधरी ,थाकस केन्द्रीय पार्सद कृष्णदत्त थारु लगाएत विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,थारु नेता लगाएतले कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियाे।

१६ अाैँ माघी मेला एव शुभकामना अादानप्रदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

शुभकामना अादानप्रदान कार्यक्रममा थारुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु जस्तै झमटा,झुमरा, झर्रा, लाठिनाच , ढकिया दाैड र अन्य समुदायहरुको संस्कृति प्रस्तुति रहेको थियाे।

प्रतिष्ठानका सल्लाहकार सन्जय चाैधरीकाे स्वागत मन्तब्य रहेको १६ अाैँ खिचडी ‘माघी ’काे शुभकामना अादानप्रदान कार्यक्रम सन्चालन नगेन्द्र चाैधरी र गिता चाैधरीले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित