दोरेन्द्र खड्का बझाङ
सदुमुकाम चैनपुर बाट कैलाश तर्फ जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा दुर्घटना भएको छ ।
जयपृथिवी नगरपालिका वडा न २ काे कार्यलय नजिकैको घुम्तीमा गाडी घुमाउने क्रममा जिप दुर्घटना भएको जनाईएकाे छ । साझ करिब ५ :०० तिर यात्रु हरुलाइ घर छाेडेर फर्किने क्रममा जीव दुर्घटना भएको हो । जीपमा सबार सबै यात्रु झरि सकेका र जीप मा सबारीधनि पुरक बहादुर सिहको मात्र रहेका थिए। सिंह को छातीमा र खुट्टा मा सामान्य चोटपटक लागेकाे र उहाँलाई धनगढी लगिएकाे गउहाँका आफन्तले बताउनु भएकाे छ। । यात्रुलाई गन्तव्यमा पुर्याएर चैनपुर फर्केने क्रममा जिप घुमाउने क्रममा ब्रेकफेल भएर गाडी अनियंत्रित हुदा ५० मिटर तल खसेको स्थानीयले बताएका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

