Rashtriya Dainik

स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण

महेश सिंह/ सिरहा लहान २७ पुष- स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडाे प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ।समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ।

चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्।

कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा-१६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक,अपांग,एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित