ज्ञानेश्वर सहानी /नवलपरासी/ २७ पुष ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको नयाँ प्रमूख प्रशासकीय अधिकृतमा राकेश पाण्डे जिम्मेवारी समालेका छन् ।
चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पालिकामा पाण्डेले जिम्मेवारी समालेका छन्।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता द्वारा प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई कार्यालयमा स्वागत गर्नु भएको छ।

जिम्मेवारी समाल्दै प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डेले पूर्ण जिम्मेवारीको साथ इमान्दारी पूर्वक आफ्नो काम कर्तव्य निभाउदै नगरको विकासमा अमूल्य योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।


प्रमूख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर उप-प्रमुख रम्भा कुँवर,रामग्राम नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मी लगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

