Rashtriya Dainik

नेपाल औषधि ब्यवसायी संघ नवलपरासीको दोस्रो साधारणसभा सम्पन्न

उमेश बि.क / नवलपरासी, २३ पुस

नेपाल औषधि ब्यवसायी संघ पश्चिम नवलपरासीको दोस्रो साधारणसभा एवं बनभोज कार्यक्रम शुक्रवार सुनवल ५ बनकट्टि सहिद बिष्णु पान्डे स्मृति प्रतिस्ठानमा सम्पन्न भएको छ।

संघका अध्यक्ष रामचन्द्र पौडेलकोअध्यक्षता तथा एनसीडिए लुम्बिनी प्रदेश उपाध्यक्ष अमृत सुबेदीको प्रमुख अातिथ्यता एव एनसीडिए लुम्बिनी प्रदेश महासचिब लुकराज न्यौपानेको विशेष अातिथ्यतामा साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा पाल्पा ,रुपन्देही ,कपिलवस्तुका एनसीडिए अध्यक्ष र प्रतिनिहरुको समेत उपस्थिति रहेको थियो ।

कोषाध्यक्ष राजकुमार चौधरीको सम्योजन रहेको कार्यक्रमकाे संचालन जिल्ला सचिव बाबुराम तिमिल्सिनाले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित