Rashtriya Dainik

घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनमा तिव्रता

उत्तमकुमार थापा/ बझाङ
घरेलु तथा साना उद्योग कार्यालय बझाङले सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसल अनुगमन गरेको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,उद्योग बाणिज्य संघ ,वडा कार्यालय तथा नगरपालिकाकाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
चैनपुर बजार क्षेत्र भित्र रहेका पसल दर्ता भए नभएको र म्याद नाघेको सामान राखेका ब्यापारीलाई कारर्वाही गर्ने चेतावनी दिएका हाे । अनुगमन टोलिले सबैभन्दा बढी हाम्रो टेरेर्डस ,न्यू मल्ल स्टोर र चन्द्र धनुष बाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरा तथा खाद्यबस्तुहरु बरामद गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बोहराको संयोजकत्वमा खटिएको टोलिले करिब २०७५ २०७६ बर्ष मै समय सकिएका उपभोग्य बस्तुहरु बरामद गरि बाउलीखोलामा नस्ट गरेको छ । त्यसैगरि जिल्ला भित्रका सबै भन्दा ठुला पसलले नै अबैध सुर्तीजन्य पर्दार्थ र म्याद गुज्रिएका बस्तुहरु बिक्रीबितरण गर्दा नागरिकको स्वास्थयमा प्रत्यक्ष असर पर्ने प्रमुख खडक बोहराले बताउनु भयो । दुर्गम जिल्ला भएकाले डिलरहरुले ठुलोमात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्रि नगरी लामो समयसम्म राख्दा म्याद गएपनि गाउँघरका अशिक्षित ब्यापारीलाई बिक्रिबितरण गर्न गरेको पाइएको छ । म्याद नाघेको सामानमा सबै भन्दा बढी मदिरा बियर ,जुस तथा उपभोग्य बस्तु गरि २ लाख २ हजार ७ सय बराबरको बरामद गरि नस्ट गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित