बिरगंज २३ पुस
अमेरीका बस्ने वरिष्ठ सामाजिक सेवी / सामाजिक अभियान्ता अमर क्षेत्रीको आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को सहजीकरणमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -३ कौवाबन टोलमा मुसहर समुदायको लागि ६० जना घरपरिवारको लागि प्रति घर बैन्केट न्यानो कपडा वितरण गरिएको छ। यस टोलको ८० जना बालबालिकाको लागि हाजिनी जैकेट , टोपी टाउजर सहयोग गरिएको छ। अमेरीका बस्ने अमर क्षेत्री ज्युले एक लाख अरसठी हजार आर्थिक सहयोग गर्नु भएको छ।
नेपालको तराई क्षेत्रमा अहिले धेरै सितलहर भएको छ। सितलहरले गर्दा तराईको सबै जिल्लामाको दलित समुदाय प्रभावित रहेकोे छ्न। पर्सा जिल्लामा पनि सितलहरको अत्यधिक प्रभाव रहेकोे छ। यो जाडो मौसमले गर्दा पर्सा जिल्लाको दलित समुदायको पनि दैनिकी जीवन कष्टकर भएकोले मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको छ। यस कौवाबन गाउँ टोलको मुसहर समुदायको बालबालिका तथा बुढापखाहरु संग जाडोको लागि कपडा रहेकोे छैन । आर्थिक अवस्था कमजोर भएकोले समस्य भएको छ
यसअघि अमेरीका बस्ने वरिष्ठ सामाजिक अभियान्ता अमर क्षेत्री ज्युले दलित समुदायको लागि घर निर्माण कार्य आर्थिक सहयोग गर्नु भएको थियोे । साथै अर्को दलित समुदायको बिरामी बच्चालाई उपचारको लागि आर्थिक सहयोग गर्नु भएको छ।
यस न्याय कपडा वितरण कार्यक्रममा मुसहर समुदायलाई लक्ष्यित गरि कपडा वितरण गरिएको छ।
यस कार्यक्रमको अध्यक्ष दलित दबाब समुहको अध्यक्ष जयलाल महरा चमारको अध्यक्षता , प्रमुख अतिथि गौदम देवी , अतिथि पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य पारमान्द राम , अशोक रामको उपस्थित रहेकोे छ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपाल अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

