उमेश बि.क / नवलपरासी ,२३ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा १६ औँ खिचडी माघी महोत्सव मेला हुने भएको छ ।

थारु समुदायको नयाँ वर्ष एवं महान पर्व माघीको अवसरमा १६ औं खिचडी महोत्सव मेला जनता मा•वि• मनरीको प्रांगणमा हुने भएको छ ।

सरावल गाउँपालिका-२ मनरीमा रहेको श्रीराम युवा प्रतिष्ठानको आयोजनामा ” आपन धर्म आपन ईमान, कला संस्कृति आपन पहिचान ” मुल नाराकाे साथ १६ औं खिचडी महोत्सव मेला एवं रक्तदान कार्यक्रम हुने तयारी भइरहेको छ ।

विगत १५ वर्षदेखि थारु संस्कृतिको जगेर्नाकाे उद्देश्यले खिचडी (माघी) महोत्सव मनाउदै आइरहेको साथै यश वर्षमा पनि दुई दिनसम्म पुस महिनाको ३० गते र माघ १ गते सम्म माघी महोत्सव मेला आयोजना गरिने आयोजकले जानकारी दिइएको छ।

थारु कलाको संरक्षण गर्ने उद्देश्यले श्रीराम युवा प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त महोत्सवमा कलशयात्रा,थारुहरुका विभिन्न नृत्य प्रतियोगिताहरु जस्तै झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच, हस्तकला प्रदर्शन , कृषि प्रदर्शनी ,खुल्ला ब्याडमिन्टन प्रतियोगिता ,पुरुष भलिबल प्रतियोगिता,चिट्ठा कार्यक्रम, रक्तदान कार्यक्रम,थारु नाटक ,थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक श्रीराम युवा प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

