योगेश बस्याल / भुमही कार्तिक २९ जेसि देवकला खनालको संयोजकत्व एवं रामनगर जेसिज वर्ष २०२० का अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान एवम् समापन समारोह सम्पन्न भएको छ । रामनगर जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई तथा वृक्षारोपण कार्यक्रम, ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफुल वितरण,निबन्ध लेखन प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल ज्ञान ज्योति मा.वि.भुमहीको विद्यार्थी दिवस पाण्डे, द्वितीय स्थान प्राप्त गर्ने बसन्तपुर जेनिथ बोर्डिङ कि विद्यार्थी सुस्मा चौधरी,तृतीय स्थान प्राप्त गर्ने जगन्नाथ मा.वि. भुमहीकी विद्यार्थी सलिना अधिकारी साथै सान्त्वना स्थान प्राप्त गर्ने आदर्श मा.वि. खोखारपुराकि विद्यार्थी पार्वती चौधरी, त्यस्तै चित्रकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल विद्यासागर प्रसिद्ध अंग्रेजी बोर्डिङका विद्यार्थी दुर्गा बर्मा, द्वितीय स्थान प्राप्त गर्न जगन्नाथ मा.वि. भुमहीकी विद्यार्थी शिवानी श्रेष्ठ, तृतीय स्थान प्राप्त गर्न बसन्त मा.वि. बासाका विद्यार्थी हरिश स्वर्णकार तथा सान्त्वना स्थान प्राप्त गर्ने रामनगर ऐकेडेमी भुमहीका विद्यार्थी बिजय पाण्डेलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्दै रामनगर जेसिजले गरेका क्रियाकलापहरुको प्रशंसा गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई परास्त गर्न सबैजना मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । साथै कार्यक्रममा वडाध्यक्ष एवं सुनवल नगरका प्रवक्ता कृष्णप्रसाद देवकोटा, वडाध्यक्ष देविलाल डुम्रे,वडाध्यक्ष भेषनारायण चौधरी,रामनगर जेसिजका संस्थापक अध्यक्ष डोलराज भण्डारी,रामनगर जेसिज वर्ष २०१६ का अध्यक्ष बलराम चापागाई, रामनगर जेसिज वर्ष १०१८ का अध्यक्ष भोजराज चापागाई, रामनगर जेसिज वर्ष २०१९ का अध्यक्ष हिमादेवी न्यौपाने, सुद्धोदन जेसिजका अध्यक्ष चुडामणि डुम्रे, तिलोत्तमा जेसिजका अध्यक्ष लोक प्रसाद भण्डारी, नवलपुर जेसिजका अध्यक्ष नारायण प्रसाद न्यौपाने, सिद्धार्थ जेसिजकी अध्यक्ष तुलसा भुसाल, रामग्राम जेसिजका अध्यक्ष सन्दिप अग्रहरी, बुटवल लेडि जेसिजकी अध्यक्ष कल्पना पाण्डे, देवदह जेसिजका अध्यक्ष सुरेन्द्र अधिकारी, कपिलवस्तु जेसिजका अध्यक्ष मजोज कुमार खत्री, सुनवल जेसिजका अध्यक्ष उत्सव पौडेल र साथै बर्दघाट प्रस्तावित जेसिजका अध्यक्ष राजु न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै रामनगर जेसिज वर्ष २०२० का महासचिव जयराम बस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।