Rashtriya Dainik

अध्यक्ष चाैधरीद्वारा नागरिक अाराेग्य सेवा केन्द्रकाे उदघाटन

उमेश बि.क / नवलपरासी ,२८ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ पृथ्वीवस्ती मंगलापुरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएकाे छ।

राष्ट्रिय अाराेग्य दिवस तथा धनवन्तरी जयन्तीकाे अवसरमा शुक्रबार एक कार्यक्रम बिच वडा नं. ४ का वडा अध्यक्ष छोटेलाल यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अातिथ्यतामा नागरिक अाराेग्य सेवा केन्द्रकाे उदघाटन गरिएको हाे।

नागरिक अाराेग्य सेवा केन्द्रकाे उदघाटन गर्दै अध्यक्ष चाैधरीले आम नागरिकको स्वास्थमा सहज पहुँच पुगाउनका लागि आरोग्य केन्द्र स्थापना गरेको बताउनु भयो । दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको नागरिक अाराेग्य सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताउदै आयुर्वेद चिकित्सा पद्धतिबाट हरेक रोगको सुझाव सल्लाह सहितको सेवा प्रदान गरिने बताउनुभएको हाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले आयुर्वेद औषधीको महत्व र नागरिक अाराेग्य सेवा केन्द्रले प्रदान गर्ने सेवा बारे प्रकाश पार्दै नागरिक आरोग्य सेवा केन्द्र स्थापनाले स्वास्थ सेवाको प्रभाबकारी र स्तरिय सेवा प्रदान गर्ने बताउनु भएको हाे।

नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारीका रुपमा कार्यरत रहने बताइएको छ। उनीहरुले सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, विरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने बताइएको छ। आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई र सायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्ने कार्यालयले जनाएको छ।

उदघाटन कार्यक्रममा सरावल गाउँपालिका अायुर्बेद शाखा प्रमुख सन्ताेष कहार ,स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटा ,वडा सचिव अशाेक पाण्डेय
वडा नं. ३ स्वास्थ्यचाैकी इन्चार्ज सुमन पन्त
बुद्धिज्याेति प्रा.बि प्र.अ बिनाेद पाण्डेय ,वडा सदस्य सुर्यनरायण यादव लगाएतकाे उपस्थिति रहेको थियाे।

मंगलापुर वडा कार्यालमा सेवा संचालनका लागि नागरिक अाराेग्य सेवा केन्द्र पहलगर्ने गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्यशाखा प्रमुख लगायत सबैप्रति वडा नं. ४ का वडा अध्यक्ष छाेटेलाल यादवले आभार प्रकट गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित