कृष्णनगर, कार्तिक ३
कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रदेशिक वरिष्ठ संयोजक भरत शर्मा को नेतृत्वमा प्रदेश वास संयोजक मंगलदास दुवाल, कृषि संयोजक अर्जुन श्रेष्ठ, फिल्ड संयोजक कमला सापकोटा र स्वास्थ्य तथा पोषण अधिकृत बिजेन्द्र बन्जाडे लगायतको टीम ले समुदाय को अवस्था बुझ्नु भयो सुआहारा ले हैजा नियन्त्रण का लागि विभिन्न क्रियाकलापहरु गरी रहेको
माइकिंग, पीयूष, पियूष उपलब्ध गराएको, गाउँ गाउँ मा जनचेतना जगाउने काम, पोष्टर पम्पलेट, घरभेट परामर्श जस्ता काम गरी रहेको फिल्ड संयोजक कमला सापकोटा ले बताउनु भयो ।
पियूष, पानी टेस्ट किट, जनसचेतना कार्यक्रम को लागि थप कार्यक्रम गर्न को लागि नगर प्रमुख रजत प्रताप शाह ले सुआहारा प्रदेश संयोजक भरत शर्मा संग अनुरोध गरेका छन भन्ने कुरा पालिका पोषण सहजकर्ता पृथीपाल तेली ले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

