बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले ५६९ पालिकामा ३ अर्ब रुपैयाँ रकम सशर्त अनुदान पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई रोजगारी दिन सशर्त अनुदान पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगारको सूचीमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगार उपलब्ध गराइने छ । मन्त्रालयले रोजगार व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका बेरोजगार व्यक्तिको सङ्ख्याको आधारमा रकमको बाँडफाँड गरी ५६९ पालिकालाई ३ अर्ब रुपैयाँ अनुदानको रुपमा पठाएको हो । सरकारले बजेटमा घोषणा गरेअनुसार पालिकाहरुमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममुलक विधिबाट आयोजना कार्यान्वन गर्रा २ लाख जनालाई रोजगारी उपलब्ध गराउने उदेश्य अनुसार अहिलेसम्म ६ अर्ब ८९ करोड रकम विभिन्न पालिकाहरुलाई श्रम मन्त्रालयले उपलब्ध गराएको छ । यसबाट १ लाख ३३ हजार ३ सय २७ जनाले न्यूनतम एक सय दिनको रोजगारी उपलब्ध हुने मन्त्रालयको अपेक्षा छ । चालु आर्थिक वर्षको लागि बाँकी रहेको ३ अब ४४ करोड ७० लाख रुपैयाँ पनि बाँडफाँड गरी छिट्टै पठाउने श्रम मन्त्रालयले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।