महेश यादव / नवलपरासी २४ असाेज
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र सुस्ता गाउँपालिकाकाे सहकार्य तथा सवांद किशोर किशोरी सञ्जालकाे अायाेजनामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।

सञ्जालकी अध्यक्ष रिमा काेहारकाे अध्यक्षाता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख अतिथतामा
बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेयले सानो उमेरमा नै बालबालिकाहरुकाे बिवाह गरिदिदा उनिहरुकाे भबिस्य नै धरापमा परेको छ । साथै बालविवाह गरे पश्चाताप विभिन्न समस्या र चुनाैतिहरु परेको देखिन्छ । जसका कारण बालबालिकाहरुकाे मानसिक , परिवारिक र बैयवाहित जिवनकाे समस्यामा बाध्य भई अर्थहिन जीवन बिताउनु परेकाे बताउदै बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा अार्जन गराउनु पर्नेमा जाेड दिएका थिए । र बालविवाह अन्त्य गर्न हामी अाफ्नै घरपरिवार र समुदायमा बालविवाह सम्बन्धित जनचेतना जगाई बालविवाह नियुनिकरण गर्नुपर्नेमा जाेड दिदै अायाेजक संस्था लाई धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा बाेल्दै अध्यक्ष काेहारले अामा बुबाले जबर्जस्ती बाल विवाह गरिरहेका छन । जसकारण बालबालिकाहरुकाे पढाइकाे साथ साथ उनिहरुकाे भबिस्य नै खराब भएको छ । र बालविवाह नियुनिकरणकाे लागि हामिले अाफ्नै घरपरिवार , समुदाय , र समाजबाट नै यस्का बिरुद अावाज उठाउनु पर्छ । र बिहे वारि बीस वर्ष पारि भन्ने मुल नाराका साथ बालमैत्री अभियानमा लागि पर्ने बताउनुभयो । साथै बालविवाह नगर्न र गर्ननदिनकाे लागि सम्पूर्ण किशोर किशोरी र अभिभावकहरुलाई अाग्रह गर्नुभएको थियो ।

साे कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्रिरा कुमारी थरुनि ,समाजसेवी रविन्दर जयसवाल ,सन्जिव कुर्मि,व्रिजेश कुमार धुसाद ,वडा स्तरीय युवा क्लब सुस्ता -४ का अध्यक्ष अासिस कुमार गुप्ता लगाएतकाे उपस्थित रहेको थियो । २१३ जनाकाे उपस्थितिमा भएको कार्यक्रमलाई किशोरी पुजा हरिजनले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

