पुरन अधिकारी / पश्चिम नवलपरासी
प्रतापपुर गाउँ पालिका स्वास्थ्य शाखा को आयोजना र इन्द्रेणी सामाजिक विकास मंच द्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना को सहकार्य मा विश्व मानसिक स्वास्थ्य दिवस 2021को अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
“असमानता हटाउन आवश्यक छ सबै को साथ र योगदान,सुलभ,समान र पहुँच युक्त मानसिक स्वास्थ्य हाम्रो योगदान ।”(Mental health care for all: let’s make it a reality”)मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२१ प्रतापपुर गाउँ पालिका कार्यवाहक अध्यक्ष श्री अन्जु कुमारी चौधरी ज्यू को अध्यक्षता मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रम मा १देखि ९ सम्मका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख , विभिन्न शाखा का शाखा प्रमुख ज्यू हरू , रोजगार संयोजक ज्यू, स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियोे भने स्वास्थ्य शाखा प्रमुख श्री कुन्दन कुमार सिंह ज्यू ले स्वागत मन्तव्य राख्नु भएको थियो र वडा नं २ को वडा अध्यक्ष श्री इश्वरी थारु ज्यू ले शुभकामना मन्तव्य रहेको उक्त कार्यक्रमको सहजीकरण मनोसामाजिक परामर्श कर्ता सुभान पठान, पुष्पा चौधरी ले गर्नु भएको थियो। कार्यक्रमका अध्यक्ष अन्जु कुमारी चौधरीले
यस किसिमका कार्यक्रमलाई पालिका भरी व्यापक रूपमा प्रचार प्रसार गर्दै लाने र मानसिक स्वास्थ्य अन्तरगत नगरपालिकाले ५ लाख विनियोजन समेत गरेको जानकारी गराउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

