राष्ट्रिय दैनिक , २३ असाेज
पुर्व गृहराज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता सांसद देबेन्द्र राज कण्डेलले किसानकाे समस्या ,बाढी ,सुकुम्बासी र नागरिकता समस्या तत्काल समाधान गर्नुपर्ने अाग्रह गर्नुभएको छ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकाे प्रशासनिक भवनकाे समुदघाटन समारोहमा बाेल्दै नेता कण्डेलले नेपाली काङ्ग्रेसका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माअाेवादी केन्द्र अध्यक्ष पुष्प कमल दहाल ” प्रचण्ड”काे विशेष पहलमा हिज मात्रै सरकारले पुर्णता पाएकाे कुरा बताउदै याे सरकारले नवलपरासीको किसानकाे समस्या ,बाढी ,सुकुम्बासी र नागरिकता समस्या तत्काल समाधान गर्न अनुरोध गर्नुभएको छ ।
नवलपरासीमा तमाम जनता नागरिकता बिहिन रहेको र किसानहरुले मलविउ समयमा नपाउनु ,उखु खेतिकाे रकम समयमा भुक्तानी नहुनु यी तमाम समस्या समाधान गर्न तथा नेपालमा केरा उत्पादन प्रयाप्तमात्रामा भए पनि भारतीय केरा नेपालमा भित्रीने गरेकोेले नेपालको केरा मुल्य नपाएकोले भारतीय केरा पैठारी राेक्न अनुरोध समेत गर्नुभएको हाे।

बाढीले गर्दा प्रत्येक बर्ष यहाँका जनता समस्या झेलेकाेले समस्याको दिर्घकालिन समाधान र सुकुम्बासी समस्या समाधान गरि स्थानीयलाई लालपुर्जा सरकारले तत्काल दिनुपर्ने कुरामा जाेड दिनुभएको थियाे।
पार्टी समिकरण केन्द्रमा मात्र नभएर जिल्ला र स्थानीय तहदेखि गाउँ गाउँसम्म पार्टी एकताकाे वातावरण सृजना गराउन माअाेवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराउनु भएको हाे।

पाल्हिनन्दन गाउँपालिका जस्तो नाम रहेको छ साेहि नामकाे अर्थ बुझि काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै सुविधा सम्पन्न गाउँपालिकाकाे प्रशासनिक भवन समुदघाट भएकोमा जनप्रतिनिधि एवं सम्पुर्ण मतदातालाई पुर्ण लाभ उठाउन भन्दै सबैलाई शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै पालिकाकाे भवन उदाहरणिय बनेकाेले यसमा सबै राजनीतिक दलका प्रतिनिधि , पालिकाबासि र जनप्रतिनिधिकाे विशेष सहयोग रहेकोले सबै धन्यवादबादकाे पात्र रहेको बताउनु भयाे । नवलपरासीको महेशपुर भन्सार कार्यालय स्तरउन्नति गरि चार लाईन बाटाे निर्माणका लागि बजेट अाफु पहल गरिरहेकाे बताउदै समग्र नवलपरासी बिकासमा अाफु लागि परेको कुरामा जाेड दिनुभएको थियाे।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता “दिपक ” काे अध्यक्षता तथा पुर्व प्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्र अध्यक्ष पुष्प कमल दहाल ” प्रचण्ड”काे प्रमुख अातिथ्यता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा.कुल प्रसाद केसीकाे विशिष्ट अातिथ्यता तथा माननिय सांसद , प्रदेशसभा सदस्य , नगर र पालिका प्रमुख ,पार्टीका प्रमुख तथा स्थानीयबासिकाे उपस्थितिमा पाल्हिनन्दन गाउँपालिकाकाे प्रशासनिक भवन समुदघाटन भएको हाे।

पालिकाकाे प्रशासनिक भवन समुदघाटन गर्दै पुर्व प्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्र अध्यक्ष पुष्प कमल दहाल ” प्रचण्ड”ले छिटै नागरिकता सम्बन्धी समस्या समाधान,भुमी आयोग लगायत समस्या समाधानमा आफ्नो पहलमा हुने कुरा ब्यक्त गर्दै छिट्टै प्रदेश १ र ३ को सरकार पनि गठबन्धनको सरकार बन्ने बताउनु भएको हाे।
✍️✍️उमेश बि.क ✍️✍️
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

