ऐम्नेष्टी परासीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न

उमेश बि.क / नवलपरासी , २६ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

समुह -३१ परासीको संयाेजक सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुखअातिथ्यता एवं उपाध्यक्ष उत्तमा रायको बिशिस्ट अातिथ्यतामा साधारण सभा सम्पन्न भएको हाे।

साधारण सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले एम्नेस्टी ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको साधारण सभाको सफलताको कामना गर्दै मानवअधिकारका विश्वव्यापी समस्याहरूलाई सामना गर्नका लागि विश्व ऐक्यबद्धता र भाइचाराको जरूरत पर्ने र यो कुरा एम्नेस्टी जस्तो स्वयंसेवी संस्थाहरूको सक्रियाताले मात्र संभव हुने बताउनुभयो । उहाँले जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा एम्नेस्टीले आफ्नो साधरण सभा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै एम्नेस्टी नेपालको भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्दै मानवअधिकारका लागि विभिन्न पहल तथा क्रियाकलाप सन्चालनका लागि सहयोग र साथ दिइने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणको सङ्घर्षमा एम्नेस्टीका सदस्यहरूलाई अझ बढी सक्रियताका साथ सरकारसँग जवाफदेहीता माग गर्न तथा दण्डहीनताको अवस्था अन्त्य गर्नका लागि पहल गर्न अनुरोध गर्नु भएको थियो ।

सधारण सभामा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, मिडिया एशोसिएसनका अध्यक्ष बेचु गौड , समुहका निबर्तमान संयोजक एव सल्लाहकार बिजय जयसवाल,समाजसेवी सुखाडि प्रसाद चाैधरी लगाएतले मानव अधिकार क्षेत्रमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ ले खेलेको भुमिका स्रहनिय रहेको र ऐम्नेष्टीले राष्ट्रिय मात्र हैन अन्तरास्ट्रिय स्तरमा पनि मानव अधिकारका उलंघनका घटनाहरु अध्ययन गर्ने र समाधान तर्फ उन्मुख गराउने गरेको बताउदै सधारणसभाका सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

बन्द सत्रमा एम्नेस्टीले आफ्नो वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवदेन, लेखापरीक्षण प्रतिवेदन तथा सन् २०२१ को वार्षिक कार्ययोजना र बजेट अनुमोदन गरेको थियाे ।

कार्यक्रममा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ का सचिव जितेन्द्र गुप्ताले वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष बबिता जैसवालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रम सञ्चालन रन्जित शर्माले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot