सैनामैना नगरपालिकामा नेपालकै ठूलो किर्केट बन्ने

तुलसी राम पौडेल /फर्साटिकर, कार्तिक २५

रुपन्देहीको सैनामैनामा नेपालकै ठुलो र नमुना क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला बन्न लागेको हो ।
रंगशाला निमार्णको काम नगरपालिकाले अगाडि बढाएको छ । गत बर्ष मैदानको लागी रु ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ ।
सैनामैना नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ ।
महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । उक्त रंगशाला महेन्द्र लोकमार्ग बाट २ कि.मि दक्षिण तर्फ रहेको छ ।
स्थानिय, प्रदेश र संघिय सरकारको सहभागितामा उक्त रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भयो । गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजनाको रुपमा बजेट ब्यवस्थापन गरेर निमार्ण सम्पन्न गरिने समेत प्रदेश सभा सदस्य ढकालको भनाई थियो ।
खेल पर्यटनमार्फत सैनामैनाको बिकास गर्ने उद्धेश्यले गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गर्न लागिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । निमार्णधिन गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रि एयरपोर्टबाट पनि नजिकै रहेकोले भबिष्यमा अन्तरराष्ट्रिय स्तरको खेल आयोजना गर्न समेत सहजहुने बताउदै प्रमुख कार्कीले यसबाट नेपालकै खेल जगतको बिकासमा टेवा पुग्ने बताउनु भयो । बजेट ब्यवस्थापन गरेर यसै बर्ष ठेक्का प्रक्रिया जाने समेत प्रमुख कार्कीले बताउनु भयो ।
करिब ६ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डिपिआर तयार गरिएको सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताउनु भयो ।
रंगशाला ब्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष किशोर रानाले निमार्णधिन रंगशाला सम्पन्न हुँदा यस क्षेत्रको गरिमा उच्च हुनुको साथै क्रिकेटको माध्यमबाट सैनामैनाले राष्टमै योगदान पुर्‍याउन सक्ने बताउनु भयो ।
सैनामैनामा अन्तरराष्टिय स्तरको रंगशाला निमार्ण गर्न भौगोलिक
रुपले पनि उचित रहेको क्राउन डिजाइन एण्ड रिसर्ज सेन्टर काठमाण्डौका प्रमुख ई.सुनिल लम्सालले बताउनु भयो । रुपन्देही जिल्ला क्रिकेट खेलाडीहरुको उर्वरा स्थल भएको र अन्तरराष्टिय हवाई केन्द्र पनि नजिकै भएको र यसै आसपास भैरहवा, तिलोत्तमा र कंचन गाउपालिकामा समेत क्रिकेट मैदान हुनाले यस रंगशालालाई भोलीका दिनमा खेल आयोजना गर्न समेत सहज हुने ई.लम्सालले भन्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा सरोकारवाला सबैले आआफ्नो सुझाव दिएका थिए । छलफलमा यस क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, खेलाडी एवं सरोकारवाला सबैको सहभागीता रहेको थियो ।
कार्यक्रम रंगशाला ब्यवस्थापन उपभोक्ता समितिका कोषाध्यक्ष रोमनाथ न्यौपानेको स्वागत एवं सचिव कृष्ण ज्ञवालीको संचालनमा सैनामैना वाटर पार्कमा संम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot