राजन कुमार बानिया/पर्सा २२ भदौ
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी को टोलीले पर्साको भिस्वा सीमा नाकाबाट भारी मात्रामा लागू अौषध सहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार साझ भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल वि अो पी भिस्वा बंजारीको कमान्डमा खटिएका टोली ले चेकजाँच गरि हेर्दा लागू अौषध बरामद गरिएको हो । बरामद गरिएको लागू अौषधमा डाईजिपाम ५०० एम्पुल ,नुफिनीजेकटोन ५०० एम्पुल ,प्राेमेथाजाइन हाइड्राेक्लाेराइड ५०० एमपुल लागु अौषध फेला पारेको हो ।लागू अौषध समेत पक्राउ परेका बालक बिरगंज महानगरपालिका वडा १५ निवासी १६ वर्षिय राजकुमार पटेल रहेको छन।
लागू अौषध सहित पक्राउ परेका बालक र लागू अौषध लाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

